तेह्रथुम पावरको साधारणसभा आह्वान, आईपिओ निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 09:15:26 AM मा प्रकाशित

laxmi  sunrise bank

तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २५ गते शनिवार बागबजारको होटेल हार्दिकमा सभा आह्वान गरेको हो । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा आईपिओ निष्काशन गर्ने र त्यस सम्बन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। कम्पनीले तेह्रथुमका आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता र सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि गर्न लागेको हो। हाल कम्पनीको  अधिकृत पुंजी ४० करोड, जारी पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड छ। स्थानीय तथा सर्वसाधारणलाई आइपीओ बाँडफाँड तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved