
नेपाल राष्ट्र बैंकले आशा लघुवित्त Asha Laghubitta Bittiya Sanstha को लाभांश स्वीकृत गरेको छ । राष्ट्र बैंकको पुस २ गते प्रस्तावित लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको लघुवित्तले जनाएको छ ।
लघुवित्तले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतले हुन आउने ३ करोड ४८ लाख ४३ हजार २ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४७३७ प्रतिशतले हुन आउने १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ नगद गरि कुल १५.७८९४७३७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार छ ।