ह्वात्तै बढ्यो डिम्याट खाता खोल्नेको संख्या, १ महिना मै तोडियो वर्षभरको रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2020 | 01:10:31 PM मा प्रकाशित

laxmi  sunrise bank

यस वर्ष हितग्राही खाता अर्थात डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ। केन्द्रीय निक्षेप प्रणालीको तथ्यांक अनुसार खाता खोल्नेको संख्या ह्वात्तै बढेको देखिएको हो । 

२०७६ सालभरि कुल १ लाख ८० हजार २ सय ९९ डिम्याट खाता खुलेकोमा २०७७ सालको एक महिना मै सो भन्दा बढी खाता खुलेका छन् । २०७७ सालको असोज महिनामा मात्रै १ लाख ९० हजार १ सय ८९ वटा डिम्याट खाता खुलेका हुन् । २०७७ सालको मङ्सिर महिनामा पनि १ लाख २२ हजार ५ सय ४४ वटा डिम्याट खाता खुलेका छन्  

२०७७ सालको बैशाखदेखि मङ्सिरसम्मको ८ महिनाको अवधिमा ६ लाख २३ हजार ५ सय ९ वटा डिम्याट खुलेका छन्  जुन गत वर्षभरि खोलिएको खाताभन्दा ३.४५ गुणा बढी हो  ७७ सालको बैशाख र जेठमा क्रमश ९६५ र १७८९ खाता खुलेपनि त्यसपछिको हरेक महिनामा ६० हजार भन्दा बढी खाता खुलेका छन्  

हेर्नुस २०७६ सालको र २०७७ सालको मङ्सिरसम्मको नयाँ डिम्याटको विवरण । 

२०७७ मा खोलिएका खाता मध्ये ७१ हजार ४ सय २५ ले स्थायी ठेगाना काठमाडौँ भएको उल्लेख गरेका छन्  त्यस्तै झापाका ३१ हजार ५ सय २२, मोरङका २५ हजार ७ सय १९ , कास्कीका २२ हजार २८, र ललितपुरका २१ हजार ५ सय ३३ जनाले डिम्याट खाता खोलेका छन्  यस वर्ष सबै भन्दा कम मनाङका १९५ जना, डोल्पाका २६२ जना,  मुगुका २८० जना, र मुस्ताङका ३ सयजनाले खाता खोलेका छन्  गत वर्ष भने सबैभन्दा धेरै काठमाडौँका सबै भन्दा धेरै २३ हजार ७ सय ९४ र सबैभन्दा कम मुस्ताङका ९० जनाले खाता खोलेका थिए  

पछिल्लो समय धितोपत्रको प्राथमिक बजारमा बढ्दो आकर्षणले गर्दा डिम्याट खाता खोल्नेको संख्या बढ्दै गएको छ  कम्पनीहरुले पनि

अनलाइनबाट निशुल्क डिम्याट खोल्नेदेखि १० मिनेट मै खाता खोल्नेसम्मका अफरहरु सार्वजनिक गरिरहेका छन्  सिडीएसका अनुसार हालसम्म डिम्याट खाताको संख्या २२ लाख ८८ हजार २ सय ७२ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved