नेपाल बंगलादेश बैंकको साधारणसभा आह्वान, नगद लाभांशको रकम काटेर पूर्णकृत शेयर जारी गर्ने

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 20, 2020 | 10:01:11 AM मा प्रकाशित

laxmi bank

नेपाल बंगलादेश बैंक Nepal Bangladesh Bank Limited  ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २६ गते आइतबार भर्चुवल माध्यम मार्फत सभा आयोजना गर्न लागेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै बोनस वितरण गर्दा यदि कुनै शेयरधनीले पाउने बोनस खण्डीकृत हुन आएमा अपुग रकम शेयरधनीले पाउने नगद लाभांशबाट कट्टा गरी अहिलेको शेयर संरचना परिवर्तन नहुने गरि पूर्णकृत शेयर जारि गर्ने र सोहि अनुसन्धान आवश्यक निर्णय गर्ने प्रस्ताव सभामा पेश हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved