गुडविल फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 11:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाईनान्स Goodwill Finance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार फाइनान्सले ८.४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.६ प्रतिशत नगद गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

कम्पनीले पुस २९ गते सभा आह्वान गरेको छ भने सभा प्रयोजनको लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved