मितेरी डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 02:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले पुस २७ गते सोमबार सभा गर्ने निर्णय गरेको हो  ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशतको दरले हुन आउने १० करोड ४० लाख ५ हजार ६ सय ८७ रुपैयाँ ५० पैसा  बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९ सय ८३ रुपैयाँ ५६ पैसा नगद गरि कुल १५.७९  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार २ सय ५० रहेको छ  ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ देखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved