प्रभु लाइफको आईपिओमा बन्यो नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 04:03:29 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा हालसम्म कै उच्च आवेदन परेको छ  । कम्पनीको आईपिओमा १० लाख ८२ हजार २२९ जनाले आवेदन दिएको सिडीएसीले जनाएको छ  । जस मध्ये ९ लाख ५ हजार १ सय ७२ वटा आवेदन मेरो शेयरमार्फत परेको सिडीएसले जनाएको छ । 

सिडीएसले सीआश्वा कार्यान्वयनमा ल्याएपछि आईपिओमा यति धेरै आवेदन परेको यो नै पहिलो पटक हो । सिडीएसले ७४ फागुन ११ गतेदेखि सीआश्वा कार्यान्वयनमा ल्याएको थियो। पहिलो निष्काशनमा १ लाख ८६ हजार ३८ जनाले आवेदन दिएकोमा ३ वर्ष मै आवेदनको संख्या करिब ६ गुणाले बढेको हो । 

यो पनि : ह्वात्तै बढ्यो डिम्याट खाता खोल्नेको संख्या, १ महिना मै तोडियो वर्षभरको रेकर्ड


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved