अपि पावर कम्पनी Api Power Company ले आज पुस ६ गतेदेखि हकप्रदमा अवितरित १३ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको छ । कम्पनीले हकप्रदमा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ४६ हजार २ सय १८ कित्ता लिलाम गर्न लागेको हो ।
कम्पनीले कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो । रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको र बाँकि शेयर लिलाम गर्न लागिएको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् ।