हिमालयन बैंकको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको जिम्मा संचालक समितिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 08:48:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २७ गते सोमबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  ।  बैंकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट  १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी हिमालयन क्यापिटलको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा अधिकृत पुँजी १२ अर्बबाट १५ अर्ब पुर्याउने, उपयुक्त संस्थासँग गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने, र सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्च पारित गर्ने प्रस्ताव पेश हुने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १४ देखि २७ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३  गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved