मुक्तिनाथ विकास बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2020 | 08:58:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २५ गते शनिवार बिहान ११ बजे पोखराको होटेल ग्राण्डमा सभा आह्वान गरेको हो  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १३ देखि २५ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved