लक्ष्मी बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 08:30:43 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक Laxmi Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २८ गते मंगलबार आफ्नै प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.५  प्रतिशत नगद लाभांश गरि कुल ११.५  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै सभामा सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, अधिकृत तथा जारि पुँजी वृद्धि गर्ने,   गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छ। त्यस्तै सभाले सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन पनि गर्ने छ। 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved