मेरो माइक्रोफाइनान्सको साधारणसभाको लागि बुक क्लोज मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 09:14:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha  ले साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारणसभाको लागि पुस १७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले  आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको  १६.९३९९ प्रतिशतले हुन आउने १४ करोड ४८ लाख ६० हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८९१६ प्रतिशतले हुन आउने ७६ लाख २४ हजार २ सय १० रुपैयाँ ५३ पैसा बराबरको  नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ८५ करोड ५१ लाख ४० हजार रहेको छ। 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस २८ गते सभा आह्वान गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved