साना किसान विकास लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 09:35:56 AM मा प्रकाशित

laxmi  sunrise bank

साना किसान विकास लघुवित्त Sana Kisan Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले पुस २८ गते मंगलबार आफ्नै प्रधान कार्यालय तिनकुनेमा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सक्ने गरि सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९४७४ प्रतिशत नगद लाभांश गरि कुल २६.१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।     आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।  हाल बैंकको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रहेको छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved