ङादी ग्रुप पावरको लाभांश घोषणा, लाभांश पश्चात हकप्रद निष्काशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 10:48:50 AM मा प्रकाशित

laxmi  sunrise bank

ङादी ग्रुप पावर Ngadi Group Power  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ 

कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । सभामा लाभांशको साथ साथै हकप्रद प्रस्ताव पनि पेश हुने छ । कम्पनीले १० प्रतिशत लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ३० प्रतिशतको दरले हकप्रद निष्काशन प्रस्ताव गरेको हो । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved