कृषि विकास बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 11:27:38 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited  ले साधारणसभा आह्वान गरेको छ  । बैंकले पुस २९ गते बुधबार ११ बजे भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानबाट भर्चुअल माध्यमबाट संचालन हुने गरि सभा आह्वान गरेको हो  । 

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै बैंकले नेपाल सरकारको आग्राधिकार शेयरमा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनीहरुको विवरण स्वीकृत गर्ने लगायतका प्रस्ताव पेश हुने छ।  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved