९५ अंकले बढ्यो नेप्से, नेपाल लाइफ र एनआईसी एसिया बैंकमा लगानीकर्ता आकर्षित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2020 | 03:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से ९५ अंकले बढेको छ । आज नेप्से ९५.४६ अंकले बढेर २०६१.४१ को बिन्दुमा पुगेर रोकिएको हो ।

आज कारोबारमा आएका २०५ कम्पनीका १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर खरिद बिक्रिबाट ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ८३ करोड ३६ लाख बराबरको भएको छ भने दोस्रोमा एनआईसी एसिया बैंकको ४६ करोड ८१ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् भने एक दर्जन कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९२ प्रतिशत गुमाएका छन् भने युनाईटेड इदी मर्दी हाइड्रोका लगानीकर्ताले ९.९० प्रतिशत गुमाएका छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved