ग्लोबल आइएमई बैंकको साधारणसभा आह्वान, रणनीतिक साझेदारीमा जाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 08:26:37 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक Global IME Bank Limited ले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस २९ गते बुधबार कमलादी स्थित आफ्नै रजिस्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट हुने गरि सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक बर्ष २०७६/०७७  को मुनाफाबाट सेयरधनीधरुलाई १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। उक्त प्रस्ताव साधारणसभाले पारित गरे पश्चात सेयरधनीहरुमा वितरण हुनेछ। 

 त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटलको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै संस्थापक समुहको ३ जना र सर्बसाधारण समुहको ३ जना गरि ६ जनाको निर्वाचन गर्ने, गाभ्ने गाभिने सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने र स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जानको लागि आवश्यक कार्य गर्ने जिम्मा संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १५ देखि २९ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved