मर्ज हुन लागेका ग्लोबल आईएमइ लघुवित्त र स्पर्स लघुवित्तले डाके साधारणसभा, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 09:02:52 AM मा प्रकाशित

laxmi  sunrise bank

गाभ्ने गाभिने सहितका एजेण्डा सहित ग्लोबल आईएमइ लघुवित्त Global IME Laghubitta Bittiya Sanstha Limited र स्पर्स लघुवित्त Sparsha Laghubitta Bittiya Sanstha ले साधारणसभा आह्वान गरेका छन् । दुवै कम्पनीले पुस २९ गते बुधबार सभा आह्वान गरेका हुन् । 

दुवै कम्पनीको सभामा एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पेश हुने छ । ग्लोबल आईएमई लघुवित्तले १:०.९० को स्वाप अनुपातमा स्पर्सलाई गाभ्न लागेको हो । अर्थात स्पर्सका १०० कित्ता हुनेले ग्लोबल आईएमई लघुवित्तको ९० कित्ता शेयर पाउने छन् । यी स्वाप सभामा पेश गरिने छ । 

त्यस्तै सभामा दुवै कम्पनीले गरेका लाभांश प्रस्ताव पनि पेश हुने छ । ग्लोबलले २७.४७ प्रतिशत बोनस र १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्पर्सले १९.५० प्रतिशत बोनस र १.०२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  

त्यस्तै दुवै कम्पनीको सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, तथा गाभ्ने गाभिने सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अध्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १५ बुक क्लोज गर्ने निर्णय गरेका छन् । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved