नेप्सेले डाक्यो साधारणसभा, ५० प्रतिशत लाभांश दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 09:11:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले साधारणसभा आह्वान गरेको छ । नेप्सेले पुस २९ गते बुधबार आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । नेप्सेले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३० प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल नेप्सेको चुक्ता पुँजी ५० करोड रहेको छ 

त्यस्तै सभामा  अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी सिडीएसको विवरण पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved