साधना लघुवित्तको लाभांश परिमार्जन, बोनस घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 10:24:50 AM मा प्रकाशित

laxmi  sunrise bank

साधना लघुवित्तको लाभांश संशोधन भएको छ  । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले लाभांश परिमार्जन गरेको जनाएको छ ।

कम्पनीले यस अघि आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण घोषणा गरेकोमा  अब कम्पनीले १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved