कहिले आउँछ एचआईडिसीएलको हकप्रद ? यस्तो छ पछिल्लो अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 10:27:55 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले हकप्रद निष्काशनको पछिल्लो अवस्थाबारे जानकरी दिएको छ । कम्पनीले बिहिबार हकप्रद शेयर निष्काशन प्रक्रियाको वर्तमान अवस्थाबारे जानकारी दिएको हो ।

जस अनुसार कम्पनीले हालसम्म संस्थापक शेयरधनीहरुबाट ५ अर्ब ५० करोड प्राप्त भईसकेको जनाएको छ । कम्पनीले अर्थ मन्त्रालयबाट २.२० अर्ब र उर्जा मन्त्रालय , कानुन मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयबाट समान १.१० अर्ब प्राप्त भईसकेको जनाएको छ । अन्य संस्थापक शेयरधनीलाई हकप्रद शेयर लिनको लागि आवश्यक निर्णय गरिदिनको लागि छलफल भईरहेको कम्पनीले जनाएको छ ।

संस्थापक शेयरधनीबाट रकम जम्मा हुने सुनिश्चितता भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले सर्बसाधारणलाई हकप्रद निष्काशन गर्ने छ । साथै कम्पनीले हकप्रदको रेटिंग कार्य पनि अगाडी बढाएको जनाएको छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।कम्पनीमा अर्थ मन्त्रालयको २० प्रतिशत, उर्जा मन्त्रालयको १० प्रतिशत, कानुन मन्त्रालयको १० प्रतिशत, महालेखा नियन्त्रक कार्यालयको १० प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्रिय बीमा संस्थानको १० प्रतिशत, नागरिक लगनी कोषको १० प्रतिशत र सर्बसाधारणको २० प्रतिशत शेयर लगानी रहेको छ ।

यो पनि : एचआईडिसीएलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved