अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन, स्टक डिलरको लाईसेन्स यसै महिना: अध्यक्ष ढुंगाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 03:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागु गर्न सकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको टोलीसँगको भेटमा अध्यक्ष ढुंगानाले ब्राेकर कमिसनको विषयमा छलफल जारी रहेकोले अंग्रेजी नयाँ वर्षदेखि याे लागू गर्न सकिने बताएका हुन् ।

उनले कमिशन घटाउँदा स्ल्याब पनि पुनर्विचार गर्नु पर्ने बताए। उनले भने 'माेडालिटिमा हामी करिब करिब अन्तिम चरणामा छाै, तर काम अझै बाँकी छ ।' प्राविधिक रुपमा पनि थुप्रै काम गर्न बाँकी रहेकोले सम्भवत अंग्रेजी नयाँ वर्षदेखि नयाँ ब्रोकर कमिशन लागू गर्न सकिने उनको भनाई थियो।

उनले स्टक डिलर इजाजत यसै महिना दिन सकिने अवस्था भएको पनि जानकारी दिएका छन् । 

उनले बोर्डले पुँजीबजार विकास तथा सुधारको लागि बोर्डले निरन्तर कार्य गरिरहेको बताए । पछिल्लो समय डिम्याटको संख्या १६ लाखबाट २३ लाख पुगेको, अनलाइन शेयर काराेबार गर्नेको संख्या एक वर्षमा २२ हजारबाट २ लाख २० हजार पुगेको, गत महिना नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उनले बताए ।

बैक इन्ट्रीगेसन, ब्राेकर टीएमएस सुधार, इलेक्ट्रोनिक रिपोर्टिङको  लागि कार्य भईरहेको र इ केवाईसी भर्ने व्यवस्था मिलाउन सीडीएसीलाई कार्यविधि बनाउन निर्देशन दिएको पनि उनले बताए । बजार राम्रो बनाउन बोर्डले सबै प्रयास गरिरहेको, कानुनी सुधारको काम भईरहेको, बाेर्डकाे क्षमता अभिवृद्धि गर्न कर्मचारीलाई तालिम तथा अभिमुखिकरण बढाउँदैं बाेर्डकाे पूर्वाधार निर्माणमा पनि लागेको उनको भनाई थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved