नेपाल फाईनान्सले पुस १७ देखि ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 04:49:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल फाईनान्स Nepal Finance  ले पुस १७ गतेदेखि हकप्रदमा अवितरित ५ लाख कित्ता बढी शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित ५ लाख १५ हजार २ सय ४८ दशमलव २५ कित्ता शेयर लिलाम गर्न लागेको हो।

जस मध्ये २ लाख ५५ हजार ७८ दशमलव ७५ कित्ता संस्थापक समुहको  र बाँकि २ लाख ६० हजार १ सय ६९ दशमलव ५० कित्ता सर्बसाधारण समुहको रहेको छ । आवेदन दिँदा संस्थापाक शेयरको हकमा न्युनतम १ हजार कित्ता र सर्बसाधारण शेयरको हकमा न्युनतम १ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ । लिलामीको शेयरमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रक्रियाको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिनको लागि निम्न केन्द्र तोकिएका छन् ।

कम्पनीले मङ्सिर ४ गतेदेखि २४ गतेसम्म १:१.२५ को अनुपातमा १२५ प्रतिशत बराबरको १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँले हुन आउने १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो  । यो हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३० करोड पुग्ने छ । त्यसपछि कम्पनीले पुन: १७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । १७५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड पुग्ने छ । फाइनान्स कम्पनीहरुले न्युनतम ८० करोड चुक्ता पुँजी पुर्याउनु पर्ने ब्यबस्था छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved