सिडीएस एण्ड क्लियारिङ (सिडीएस) को संरचनात्मक सुधार गरिने भएको छ । सिडीएसको पुस १० गते बसेको संचालक समितिको बैठकले कम्पनीको संरचनात्मक सुधार गर्ने निर्णय गर्दै सम्पत्ति तथा दायित्वको मूल्यांकन(डिडिए) गर्न निर्देशन दिएको हो ।
संचालक समितिको निर्णयसंगै कम्पनीले सम्पत्ति तथा दायित्वको मूल्यांकन(डिडिए) को लागि प्रस्ताव आह्वान गरेको छ । कम्पनीले डिडिए गर्नको लागि इच्छुक लेखापरीक्षण कम्पनीहरुलाई ७ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि सर्वाजनिक सूचना आह्वान गरेको छ ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सिडीएस एण्ड क्लियारिङ (सिडीएस) को संरचनात्मक सुधार गरिने उल्लेख छ ।