नागरिक लगानी कोषको हकप्रद सुनिश्चित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 08:13:20 AM मा प्रकाशित

nepal oil ltd

नागरिक लगानी कोष  Citizen Investment Trust  को हकप्रद सुनिश्चित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले हकप्रदको लागि पुस १४ बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कोषको हकप्रद भर्न सक्ने छन् । 

कोषले यहि पुष २८ गतेदेखि माघ १९ गतेसम्म हकप्रद बिक्रि गर्ने तयारी गरेको छ  ।कम्पनीले १ः०.८२८४ का दर (८२.८४ प्रतिशत)ले   हकप्रद शेयर जारी गर्न लागेको हो। जस अनुसार कोषले एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर बिक्रि गर्ने छ । 

कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  पुष १३ गतेसम्म कायम इच्छुक सेयरधनीहरुले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड काठमाडौं, राष्ट्रिय बाणिज्य बैंकका तोकिएका शाखा, नागरिक लगानी कोषका तोकिएका कार्यालय, तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट कोषको हकप्रद भर्न सक्ने छन्।  

 हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved