मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 08:19:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  र सानिमा माई हाइड्रो Sanima Mai Hydropower  को शेयर मूल्य समायोजन भएको छ । दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज  पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो। 

मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत तथा सानिमा माईको १० प्रतिशत बोनसमा  मूल्य समायोजन भएको हो । समायोजनपछि मुक्तिनाथको शेयर मूल्य प्रति कित्ता ३४१ र सानिमा माईको शेयर  मूल्य ३०७ कायम भएको छ । समायोजन अघि यी कम्पनीको शेयर मूल्य क्रमश ३७९ र ३३८ थियो ।  

दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि  पुस १३ गते बुकक्लोज गर्ने निर्णय गरेकोले पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

मुक्तिनाथले पुस २५ गते शनिवार बिहान ११ बजे पोखराको होटेल ग्राण्डमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ११.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.२६ प्रतिशत नगद लाभांश गरि कुल १५.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ  । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। 

त्यस्तै सानिमा माई हाइड्रोले पुस २३ गते बिहान ११ बजे काठमाडौँ स्थित अकामा होटेलमा सभा आह्वान गरेको हो । कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र र ब्यबसायिक संचालक नियुक्त गर्ने, १ जना महिला सहित ४ जना संचालकको निर्वाचन गर्ने, चुक्ता पुँजी वृद्धि हुने भएपछि प्रबन्धपत्र र नियमावलीमा सोहि अनुसार संशोधन गर्ने प्रस्ताव पेश हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved