अपि पावरको लिलाममा शेयरमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 08:26:43 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company ले लिलाममा ल्याएको शेयरमा आवेदन दिने आज पुस १३ गते अन्तिम दिन रहेको छ  । कम्पनीले  पुस ६ गतेदेखि हकप्रदमा अवितरित १३ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको हो ।

कम्पनीले  हकप्रदमा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ४६ हजार २ सय १८ कित्ता लिलाम गरेको हो । शेयर लिलाम प्रक्रियाको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । इच्छुक आवेदकले सिद्धार्थ क्यापिटलको कार्यालय नक्साल र सिद्धार्थ बैंकको शाखाहरु बिराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, नारायणगढ, हेटौडा, पोखरा, बाग्लुंग, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीले कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो  । रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको र बाँकि शेयर लिलाममा ल्याईएको हो । 

कम्पनीले  दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गरेको हो  । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।  

 आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved