
नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीएल माघ १५ गते बिहिबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा आह्वान गर्न लागेको हो ।
सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरणको लागि प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, खर्च अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २ देखि १५ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।