टिएमएसमा आवद्द गराउन एपीआई बनाउदै सिडीएस, के गर्छ काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 09:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिङ (सिडीएस) ले हाल शेयर कारोबारको लागि प्रयोग हुदै आईरहेको टिएमएस सफ्टवेयरसँग एपीआई आवद्द गर्ने भएको छ। कम्पनीले आवश्यक पर्ने एपीआई निर्माण गर्नको लागि एपीआई निर्माणमा अनुभवी कम्पनीहरुसँग लागतको अनुमानित विवरण पेश गर्न सूचना आह्वान गरेको छ 

कम्पनी रियल टाइम डाटा समबन्धि काम गरेका अनुभवी कम्पनीहरुलाई ७ दिन भित्र अनुमानित लागतको विवरण पठाउन आग्रह गरेको हो । कम्पनीले एपीआईको मापदण्ड समेत तोकेर सूचना आह्वान गरेको हो । 

अहिले शेयर बेच्नु अगाडी बिक्रेताको  डिम्याट खातामा  शेयर छ कि छैन सिस्टमले चेक गर्ने गरेको छ । यसको लागि सिडीएसले डाटा रेप्लिकेट गरेर आफुसँग भएको विवरण नेप्सेको टिएमएससँग आवद्द गराउनको लागि दिएको छ । अहिले रेप्लिकेट गरेर दिएको विवरण अब एपीआइ मार्फत दिने तयारी सिडीएसले गरेको हो 

अहिले सबै ब्रोकरले नेप्सेले नै उपलब्ध गराएको टिएमएस प्रयोग गरिरहेका छन् । ब्रोकरले पनि आफ्नै टिएमएस चलाउनको लागि माग गरिरहेका छन् । यसको लागि ब्रोकरहरुलेआफ्नो छुट्टै कम्पनी नै खडा गरिसकेका छन् नेप्सेले पनि यसमा छलफल गरिरहेको छ । 

हरेक ब्रोकरले छुट्टाछुट्टै टिएमएस चलाउंदा सबै ब्रोकरलाई डाटा रिप्लेकेट गरेर दिन सम्भव नहुने भएकोले सिडीएसले एपीआई निर्माण गर्न लागेको हो । एपीआई निर्माण भएपछि जति वटा टिएमएस प्रयोग गरेपनि सिडीएसले एपीआई मार्फत डाटा दिने तयारी गरेको हो । 

सिडीएसका अनुसार यस एपीआईले शेयर बेच्नु अगाडी बिक्रेताको  डिम्याट खातामा  शेयर छ कि छैन भन्ने चेक गर्छ। यदि शेयर रहेछ भने बिक्रि गर्न अनुमति दिन्छ भने शेयर नभए बिक्रि गर्न दिदैन। 

यो पनि : सिडीएसको संरचनात्मक सुधार गर्ने प्रक्रिया सुरु 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved