सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 10:39:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्स Central Finance ले  लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण हुने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३ प्रतिशत नगद गरि कुल १०  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा  वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ३३ लाख रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved