नेप्सेको सिस्टम अडिट: सर्टलिस्ट कम्पनीसँग प्राविधिक र आर्थिक प्रस्ताव माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 11:32:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेप्सेको सिस्टम अडिटको लागि सर्टलिस्ट भएका ४ कम्पनीलाई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आग्रह गरेको छ । नेप्सेले नेप्सेको कार्यालयबाट आवश्यक फारम लिई प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न आग्रह गरेको हो । 

नेप्सेले यस अघि सार्वजनिक सूचना आह्वान गर्दा आएका आशयपत्र मध्येबाट ४ कम्पनीलाई सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा पर्नेहरुमा ग्रिन टिक नेपाल प्रालि, एमिनेन्स वेज प्रालि जेभी रिगो टेक्नोलोजी प्रालि, बिज सर्भ आइटी प्राइभेट लिमिटेड र एसएआर एडभाइजर्स प्रालि इन जेभी विथ एसएआर एसोसिएटस् रहेका छन् ।  अब नेप्सेले यी कम्पनीसँग प्राविधिक र आर्थिक प्रपोजल माग गरि एक कम्पनीलाई आईटी अडिटको लागि चयन गर्ने छ । 

इन्फर्मेशन सिस्टम अडिटमा सूचना प्रविधिसँग सम्बन्धित सबै सफ्टवेयर र हार्डवेयरको लेखापरीक्षण गरिन्छ । यस अन्तर्गत नेप्सेसँग हाल भएका सम्पूर्ण सफ्टवेयर र  हार्डवेयरको अडिट अर्थात लेखापरीक्षण गरिने छ । नेप्सेको हालको अनलाइन शेयर कारोबार प्रणालीको पनि अडिट हुने छ । 

अडिट गर्ने कम्पनीले ति सिस्टममा भएका सकारात्मक पक्ष, नकारात्मक पक्ष, सबल पक्ष, कमजोर पक्ष, सुधार गर्नु पक्ष लगायतका विषयको पहिचान गरि आवश्यक सुझाव दिने छ । नेप्सेको सिस्टममा पटक पटक समस्या आएपछि अर्थ मन्त्रालयमा भएको छलफलमा नेप्सेले सिस्टम अडिटको लागि टेण्डर जारी गर्ने सहमति भएको थियो । सोहि अनुसार नेप्सेले इन्फर्मेशन सिस्टम अडिट कार्य अगाडी बढाएको हो । नेप्सेले २ वर्षपछि पहिलो पटक इन्फर्मेशन सिस्टम अडिट गर्न लागेको हो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved