नेप्से र मर्चेन्ट बैंकर्स संघबीच संयुक्त मञ्च निर्माण गर्ने सहमति, के गर्छ काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 01:31:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्से र मर्चेन्ट बैंकर्स एसोसियन अफ नेपालबीच संयुक्त मञ्च निर्माण गर्ने सहमति भएको छ । संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेप्सेले आयोजना गरेको कार्यक्रममा संयुक्त मञ्च निर्माण गर्ने सहमति भएको हो। 

नेप्से र संघबीच पुँजी बजारका विभिन्न पक्षमा सहकार्य र समन्वय गर्ने विषयमा छलफल भएको र पुँजी बजार सम्बद्ध नीतिगत र प्राविधिक विषयमा छलफललाई निरन्तरता दिन संयुक्त मञ्च निर्माण गर्ने सहमति भएको बताईएको छ । 

संघका अनुसार यस मञ्चले  पुँजी बजारका विभिन्न पक्षमा सहकार्य र समन्वय गर्ने छ  । साथै मञ्चले बजारमा नयाँ लगानीका औजार ल्याउनको लागि अध्ययन गर्ने, सुझाव दिने लगायतका विषयमा कार्य गर्ने छ  । त्यस्तै संघलाई कार्य गर्दा आई परेका विविध समस्यालाई समाधान गर्नको लागि पनि  मञ्चले कार्य गर्ने बताईएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved