नागरिक लगानी कोष र हिमालयन बैंक सहित ५ कम्पनीको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 08:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १४ गते ५ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आज बुक क्लोज गरेका मितेरी डेभलपमेन्ट बैंक, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, एनएमबि लघुवित्त, र नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको हो ।

मितेरी डेभलपमेन्ट बैंकको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ३३७ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३८७ थियो ।

हिमालयन बैंकको १४ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ५६१ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ६३९ थियो ।

लुम्बिनी विकास बैंकको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २०४ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य २१८ थियो ।

एनएमबि लघुवित्तको १९ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ९८४ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ११७१ थियो ।

नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य २७८४ कायम बह्येको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५००८ थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved