यूनाईटेड इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 08:35:28 AM मा प्रकाशित

laxmi  sunrise bank

यूनाईटेड इन्स्योरेन्स United Insurance Company (Nepal)  ले आर्थिक वर्ष ७५/७६ को साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ७ गते बुधबार होटेल हिमालयन कुपण्डोलमा सभा आह्वान गरेको हो । 

सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभामा  बीमा समितिको स्वीकृति बमोजिम संस्थापक र सर्बसाधारण शेयरधनीको शेयर स्वामित्व संरचना परिवर्तन गरि प्रबन्धपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved