नेप्सेको टिएमएसमा समस्या, राखेको अर्डर माइनसमा देखिन थाले

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 01:39:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार प्रणाली टिएमएसमा समस्या देखिएको छ । मंगलबार टिएमएसमा राखिएका अर्डरहरु नेगेटिभ अर्थात माइनसमा आउने समस्या देखिएको हो

लगानीकर्ताले राखेका अर्डर मात्र नभई शेयर मूल्य समेत नेगेटिभ अर्थात माइनसमा देखिएको छ। मार्केट डेप्थमा नेगेटिभ अर्डर, नेगेटिभ शेयर मूल्य तथा शुन्य अर्डर समेत देखिएको हो । नेपाल बैंक, नबिल बैंक, एनएमबि माइक्रोफाइनान्स, नेपाल ल्युब ओइल, नेपाल लाइफ इन्स्योरेन्स, मौन्तें इनर्जी, सेन्ट्रल फाइनान्स लगायत दर्जन बढी कम्पनीको मार्केट  डेप्थमा यस्तो समस्या देखिएको छ । 

टिएमएसमा  यस्तो समस्या आएपछि लगानीकर्ताले फेरी एक पटक सिस्टमको गुणस्तारियता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएका छन्  । साथै यकिन अर्डर नदेखाउदा लगानीकर्ताहरु अलमलमा परेका छन् । 

उता नेपाल स्टक एक्सचेन्ज नेप्सेले समस्या देखिएको स्वीकार गर्दै समस्याको कारण पहिचानको काम भई रहेको जनाएको छ । नेप्सेका  प्रवक्ता मुराहरि पराजुलीले समस्या आएको तर के कारणले समस्या आएको हो, त्यसको पहिचान गरि समाधान गर्नको लागी आईटी टिमले काम गरिरहेको बताए। उनले त्यसरी देखिएका अर्डरहरु कारोबार नभएको बताए ।  मुख्य वेबसाइटमा समस्या नदेखिएकोले कारोबार जारी रहेको उनले बताए ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved