समता र घरेलु लघुवित्तको मर्जर प्रस्ताव पारित, स्वाप कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 02:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha  ले घरेलु लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गरेको छ । कम्पनीको आज सम्पन्न साधारणसभाले काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको घरेलु लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गरेको हो । १००:८० को स्वापमा मर्जर प्रस्ताव पारित भएको हो । 

मर्जपछि कम्पनीको नाम समता घरेलु लघुवित्त रहने छ । 

त्यस्तै सभाले आर्थिक वर्ष २०७६÷०७७ सम्मको वितरणयोग्य मुनाफाबाट २०७७ आषाढ मसान्तमा कायम कुल चुक्ता पुँजी १९ करोड ११ लाख १६ हजार ८ सयको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ  ।  

सभाले आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको बार्षिक प्रतिवेदन , आर्थिक वर्ष २०७७÷०७८ को बार्षिक कार्यक्रम तथा बजेट पनि पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved