नबिल बैंकको बिदेशी साझेदारको लाभांश रोक्का, यस्तो छ कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 07:49:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नबिल बैंक Nabil Bank Limited को विदेशी साझेदारले पाउने लाभांशमा रोक लगाएको छ। नबिल बैंकको विदेशी साझेदार एनबी इन्टरनेशनलमा लाभदायिक स्वामित्व नखुलेकाले उसले लैजाने पाउने लाभांश रोकिएको राष्ट्र बैंकले जनाएको छ। 

नबिल बैंकले उक्त बिदेशी साझेदार कम्पनीमा लाभदायिक स्वामित्व खुल्ने कागज उपलब्ध नगराउदा सम्म लाभांश रोक्का गरिने राष्ट्र बैंक स्रोतले जनाएको छ। एनबि इन्टरनेश्नल बाहेकका अन्य संस्थापक र साधारण सेयरधनीले पाउने लाभांशमा भने रोक लगाइएको छैन। 

राष्ट्र बैंकले एनबी इन्टरनेशनलको लगानीको विषयमा अन्तिम लाभग्राहीको विवरण माग गर्दै यसअघि पनि धेरै पटक पत्राचार गरिसकेको छ। तर नबिल बैंकले लाभदायिक स्वामित्वको बारेमा स्पष्ट रुपमा कागजात बुझाउन सकिरहेको छैन।   

नबिल बैंकमा बिदेशी कम्पनी भनिएको एनबि इन्टरनेश्नलको सेयर स्वामित्व ५० प्रतिशत रहेको छ। नबिलबाट प्राप्त हुने एनबी इन्टरनेशनलको सबै लाभांश शुरुदेखि नै ढाकामा पुगेर बाँडफाँड हुने गरेको छ। ढाकामा पुगेपछि उक्त लाभांश बिनोध चौधरीका छोराहरू बरुण र राहुल चौधरीको ४९ प्रतिशत सेयर स्वामित्व रहेको सिनोभेशन कम्पनी र ५१ प्रतिशत सेयर स्वामित्व बंगलादेशी नागरिक अब्दुल अवाल मिन्टोमा बाँडफाँड हुने गरेको छ।  

सिनोभेशन कम्पनीमा बिनोध चौधरीका दुई छोराहरु बरुण र राहुल चौधरीको ९९.५ प्रतिशत र बिनोध चौधरीको ०.५ प्रतिशत सेयर स्वामित्व भएको भनिदै आएको छ।   तर  बिनोध चौधरीले आफ्नो आत्मकथामा नबिल बैंकको सेयर किन्नका लागि आफुले घुमाउरो बाटो प्रयोग गरेको उल्लेख छ।  नेपालको कानुन र यहाँको प्रणालीका कारण आफुले घुमाउरो बाटो हिड्नु परेको उनको जीवनीको बारेमा लेखिएको 'बिनोध चौधरीको आत्मकथा' पुस्तकमा उल्लेख छ।  

नबिल बैंकले गत आर्थिक बर्षको मुनाफाबाट ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश गरि कुल ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।   

वाणिज्य बैंकहरु मध्ये कै सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले  साधारणसभा आह्वान गरिसकेको छ। बैंकले पुस २९ गते बुधबार आफ्नै केन्द्रीय कार्यालय कमलादीमा भर्चुवल माध्यमबाट सभा आह्वान गरेको हो।

साधारणसभा प्रयोजनको लागि पुस १५ देखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved