सानिमा बैंक Sanima Bank Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज पुस १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले पुस १ गतेदेखि १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।
जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। सर्बसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाट ८० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।
आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ।