नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 08:50:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंक Nepal Investment Bank Limited ले साधारणसभा आह्वान गरेको छ  । बैंकले माघ ८ गते बिहिबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो  । 

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्  । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ५.५०  प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँ रहेको छ  ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सहायक कम्पनी एनआईबिएल एस क्यापिटलको विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

त्यस्तै सभामा अधिकृत पुँजी १८ अर्ब पुर्याउने, उपयुक्त संस्थासँग गाभ्ने गाभिने समबन्धि निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ। सभाले सर्बसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको समेत निर्वाचन गर्ने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस २२ देखि माघ ८ गते सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved