आज पुस १५ गते बुधबार ३ वाणिज्य बैंक सहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने भएका हुन् ।
हेर्नुस सूची:
१.नेपाल बैंक
साधारणसभा : पुस २९
लाभांश : १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद
२. एनएमबि बैंक
साधारणसभा : पुस २९
लाभांश : १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद
३. सेन्चुरी कमर्शियल बैंक
साधारणसभा : पुस २९
लाभांश : ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद
४. साना किसान लघुवित्त
साधारणसभा : पुस २८
लाभांश : २५ प्रतिशत बोनस र १.३१५ प्रतिशत नगद
५. कामना सेवा विकास बैंक
साधारणसभा : पुस २९
लाभांश : ४.४४ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद
६. शाइन रेसुंगा डेभलपमेन्ट बैंक
साधारणसभा : पुस २९
लाभांश : १३ प्रतिशत बोनस
७. बरुण हाइड्रो
साधारणसभा : पुस २६
लाभांश : ५.२६३ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद
८. साधना लघुवित्त
साधारणसभा : पुस २९
लाभांश : १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश