नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १६ गते बिहिबार ३ वाणिज्य बैंक सहित ८ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।
यी कम्पनीमा पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हेर्नुस कम्पनी, साधारणसभा मिति, लाभांश दर र संयोजित शेयर मूल्य विवरण :
१.नेपाल बैंक
साधारणसभा : पुस २९
लाभांश : १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ३३१
२. एनएमबि बैंक
साधारणसभा : पुस २९
लाभांश : १३ प्रतिशत बोनस र ३.२ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ३७८
३. सेन्चुरी कमर्शियल बैंक
साधारणसभा : पुस २९
लाभांश : ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १९९
४. साना किसान लघुवित्त
साधारणसभा : पुस २८
लाभांश : २५ प्रतिशत बोनस र १.३१५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १४१५
५. कामना सेवा विकास बैंक
साधारणसभा : पुस २९
लाभांश : ४.४४ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद
समायोजनपछिको मूल्य : २१६
६. शाइन रेसुंगा डेभलपमेन्ट बैंक
साधारणसभा : पुस २९
लाभांश : १३ प्रतिशत बोनस
समायोजनपछिको मूल्य : २३५
७. बरुण हाइड्रो
साधारणसभा : पुस २६
लाभांश : ५.२६३ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १७१
८. साधना लघुवित्त
साधारणसभा : पुस २९
लाभांश : १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश
समायोजनपछिको मूल्य : १०३८