नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नाडेप लघुवित्तको शेयर कारोबार रोक्का भएको छ । नाडेपलाई डिप्रोक्स Deprosc Laghubitta Bittiya Sanstha ले गाभ्ने भएकोले नेप्सेमा शेयर कारोबार रोक्का भएको हो ।
बुधबार २ लघुवित्तबीच प्राप्ति सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन् ।
हाल डिप्रोक्स लघुवित्त को चुक्तापूँजी १ अर्ब ५४ लाख रहेको छ भने नाडेपको चुक्तापूँजी ४० करोड ४८ लाख रहेको छ । डिप्रोक्सको केन्द्रीय कार्यालय चितवनको भरतपूरमा छ भने नाडेपको केन्द्रीय कार्यालय धादिङको गजूरीमा छ। डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत र नाडेपले ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।