नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पुस १७ गते बिहिबार र आज पुस १९ गते आइतबार गरि २ वाणिज्य बैंक सहित १३ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते र एक कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हेर्नुस कम्पनी, साधारणसभा मिति, लाभांश दर र संयोजित शेयर मूल्य विवरण :
१. लक्ष्मी बैंक
साधारणसभा : पुस २८
लाभांश : ९ प्रतिशत बोनस र २.५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : २६२
२. मेगा बैंक
साधारणसभा : पुस २९
लाभांश: १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : २५०
३. बुटवल पावर
साधारणसभा : पुस २८
लाभांश: १० प्रतिशत बोनस र १५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ४०५
४. सूर्या लाइफ इन्स्योरेन्स
साधारणसभा : माघ ५
लाभांश: ५ प्रतिशत बोनस र ५.५२६ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ६७४
५. लक्ष्मी लघुवित्त
साधारणसभा : पुस २९
लाभांश: १५ प्रतिशत बोनस र ८.१३ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १३३५
६. मेरो माइक्रोफाइनान्स
साधारणसभा : पुस २८
लाभांश: १६.९३९९ प्रतिशत बोनस र ०.८९१६ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ८६८
७. हिमालयन डिस्टिलरी
साधारणसभा : पुस २९
लाभांश: ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद
समायोजनपछिको मूल्य : ३५२०
८. पोखरा फाइनान्स
साधारणसभा : पुस २९
लाभांश: ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १६७
९.प्राइम लाइफ इन्स्योरेन्स
साधारणसभा : पुस २७
लाभांश: ७ प्रतिशत बोनस र ८ प्रतिशत नगद
समायोजनपछिको मूल्य : ७६६
१०. गुडविल फाइनान्स
साधारणसभा : पुस २९
लाभांश: ८.४ प्रतिशत बोनस र ३.६ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १९६
११. छ्याङदी हाइड्रो
साधारणसभा : पुस २७
लाभांश: ५ प्रतिशत बोनस र ०.६ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १५५
१२. विजय लघुवित्त
साधारणसभा : पुस २९
लाभांश: १९ प्रतिशत बोनस र १ प्रतिशत नगद
समायोजनपछिको मूल्य : १०६८
१३. आईसीएफसी फाइनान्स
साधारणसभा : पुस २९
लाभांश: १०.५ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद
समायोजनपछिको मूल्य : २६२