प्राइम कमर्शियल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 10:12:49 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  को लाभांश सुरक्षित गर्ने आज पुस १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस १९ गतेसम कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले चालु आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोछ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ 

बैंकले हालै कैलाश विकास बैंकलाई प्राप्ति गरेकोले बोनसमा लाग्ने कर तिर्नु नपर्ने भएकोले बैंकले नगद लाभांश घोषणा गरेको छैन । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ रुपैयाँ छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved