सकियो अपि पावरको लिलामीको बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 04:02:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company ले लिलाममा ल्याएको शेयरको प्रारम्भिक कट अफ मूल्य २०२ कायम भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आइतबार लिलाममा परेको बोलपत्र खोलेको हो । 

जस अनुसार प्रारम्भिक कट अफ मूल्य २०२ कायम भएको क्यापिटले जनाएको छ ।  यद्यपि यो प्रारम्भिक कट अफ मूल्य भएको र चेकहरु भेरिफाई भएपछि मात्र अन्तिम कट अफ मूल्य आउने क्यापिटले जनाएको छ । अन्तिम कट अफ मूल्य अहिले आएको प्रारम्भिक कट अफ मूल्य भन्दा फरक हुन सक्ने क्यापिटलले प्रष्ट पारेको छ । 

क्यापिटलका अनुसार यस लिलामीको शेयरमा १३७९ वटा आवेदन परेका थिए । 

अपि पावरले पुस ६ देखि १३ गतेसम्म हकप्रदमा अवितरित १३ लाख कित्ता बढी शेयर लिलाममा ल्याएको थियो । कम्पनीले  हकप्रदमा बिक्रि नभएको सर्बसाधारण समुहको १३ लाख ४६ हजार २ सय १८ कित्ता लिलाम गरेको हो ।  

कम्पनीले कार्तिक १४ गतेदेखि मङ्सिर ४ गतेसम्म १:०.४७६१९०४७६१९ को अनुपातमा ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो  । रितपुर्वक आवेदन दिने शेयरधनीलाई ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयर बाँडफाँड गरिएको र बाँकि शेयर लिलाममा ल्याईएको हो । 

कम्पनीले  दार्चुला जिल्लामा आयोजना स्थल रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको लागि लगानी जुटाउन हकप्रद निष्काशन गरेको हो  । कूल ४० मेगावाट क्षमताको सो आयोजनाको कूल लागत सात अर्ब ४० करोड रहेको छ । आयोजनामा बैंक तथा वित्तीय संस्थाले पाँच अर्ब १८ करोड लगानी गर्ने छन् भने दुई अर्ब २२ करोड भने प्रवद्र्धक कम्पनीले हकप्रद शेयरमार्फत जुटाउने भएको छ ।  

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्न सम्झौता गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved