प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 08:16:50 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार प्राइम कमर्शियल बैंक Prime Commercial Bank Limited  को शेयर मूल्य समायोजन भएको छ । बैंकले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेकोले १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । 

समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ४०७ कायम भएको छ । समायोजन अगाडी बैंकको शेयर मूल्य ४६८ थियो । 

बैंकले चालु आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोछ ।  साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ पुस १९ गतेसम कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले हालै कैलाश विकास बैंकलाई प्राप्ति गरेकोले बोनसमा लाग्ने कर तिर्नु नपर्ने भएकोले बैंकले नगद लाभांश घोषणा गरेको छैन । हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ रुपैयाँ छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved