पुनर्बीमा कम्पनीको संचालकको निर्वाचन तालिका सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 09:02:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनी Nepal Reinsurance Company ले संचालकको निर्वाचनको लागि तालिका प्रकाशन गरेको छ  । निर्वाचन अधिकृतिको कार्यालयले पुस २९ गते बुधबार हुने साधारणसभाले गर्ने संचालकको निर्वाचनको कार्य तालिका प्रकाशन गरेको हो  ।

जस अनुसार २१ गते मतदाता नामावली प्रकाशन, नामावली बिरुद्द उजुरी र अन्तिम नामावली प्रकाशनको तालिका रहेको छ  । २६ गते उम्मेदवारको मनोनयन दर्ता, दाबी विरोध, मनोनयन फिर्ता, र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ  । मतदान गर्ने, मतगणना गर्ने र नतिजा सार्वजनिक गर्ने कार्य २९ गते नै हुने छ  ।

कम्पनीले साधारणसभामा नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने १ जना र सर्बसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एक जना गरि कुल २ जना संचालकको लागि निर्वाचन गर्न लागेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved