सिभिल क्यापिटलको साधारणसभा आह्वान, बैंकलाई १ करोड लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 10:21:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते आइतबार भर्चुअल माध्यमबाट सभा आव्हान गरेको हो । 

कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतल हुन आउने १ करोड ६ लाख २५ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । सिभिल क्यापिटल सिभिल बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी भएकोले सिभिल बैंकले यो लाभांश पाउने छ । 

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved