नेशनल माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2021 | 10:36:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल माइक्रोफाइनान्स National Microfinance Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले २१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६  प्रतिशत नगद गरि कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख ४५ हजार रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved