नारायणी डेभलपमेन्ट बैंकलाई हकप्रद निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 08:30:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई पुस २० गते शेयर निष्काशनको अनुमति दिएको हो ।

बोर्डले बैंकलाई  १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो । बोर्डले कार्तिक २८ गते बोर्डमा अनुमति माग्दै आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएपछि अब बैंकले बुक क्लोज मिति तय गरेर हकप्रद निष्काशन गर्ने छ  ।

हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकको हाल तीन वटा शाखा रहेका छन् । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएको यो बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved